काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इसेवा १७ औँ वर्षमा प्रवेश, तीन नयाँ सुविधा सार्वजनिक

1.08K
shares

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ देखि औपचारिक सेवा सुरु गरेको इसेवाले आफ्नो वार्षिकोत्सवलाई ‘इन्नोभेसन डे’का रूपमा मनाउँदै तीन वटा नयाँ डिजिटल सुविधाहरू सार्वजनिक गर्यो।

डिजिटल अर्थतन्त्रको विस्तारमा योगदान दिँदै आएको इसेवाले १७ औँ वर्ष प्रवेशका अवसरमा दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ताका लागि ‘टकब्याक’ सुविधा ल्याएको छ। जसले प्रयोगकर्तालाई आवाजका माध्यमबाट एप चलाउन र भुक्तानी गर्न सहज बनाउनेछ।

भुक्तानी प्रक्रियालाई थप द्रुत बनाउन बायोमेट्रिक प्रमाणीकरणमा आधारित ‘इन्टेन्ट(बेस्ड पेमेन्ट’ र प्रयोगकर्ताहरूबीच समूहमा संवाद तथा बिल बाँडफाँड गर्न सकिने ‘इसेवा सर्कल च्याट’ सुविधा पनि थप गरिएको छ।