global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मेरो माइक्रोफाइनान्सले प्रहरी वृत्त सातदोबाटोलाई गर्यो सहयोग

मेरो माइक्रोफाइनान्सले प्रहरी वृत्त सातदोबाटोलाई गर्यो सहयोग

मेरो माइक्रोफाइनान्सले प्रहरी वृत्त सातदोबाटोलाई गर्यो सहयोग

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त सातदोबाटोलाई सहयोग गरेको छ । संस्थाले प्रहरी वृत्त सातदोबाटोलाई आवश्यक पर्ने २५ थान फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड, चेस्ट गार्ड र हेल्मेट हस्तान्तरण गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा चन्दलाई सो सामान हस्तान्तरण गरेका हुन् ।

सो हस्तान्तरण कार्यक्रमममा प्रहरी नायब उपरीक्षक चन्दले संस्थाप्रती आभार प्रकट गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न यस्तो सामाग्रीले प्रहरीको मनोबल बढाउन संस्थाले महत्त्वपूर्ण भुमिका खोलेको बताइन् ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले सातदोबाटो क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन, रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरी चेकिङ तथा गस्ती गर्दा जोखिम ब्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको बताए ।

यस लघुवित्तले नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५३ हजार भन्दा बढी विपन्न घरपरिवारहरुलाई बित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु