global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ क्यापिटल र सिंगटी हाइड्रोबीच सम्झौता

मुक्तिनाथ क्यापिटल र सिंगटी हाइड्रोबीच सम्झौता

मुक्तिनाथ क्यापिटल र सिंगटी हाइड्रोबीच सम्झौता

सिंगटी हाइड्रो इनर्जीले हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले सेयरधनीका लागि १ः१ को अनुपातमा (शतप्रतिशत)हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सो सम्बन्धी सम्झौतापत्रमा सिंगटी हाइड्रो इनर्जीका प्रबन्ध सञ्चालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन ।

कम्पनीको १६औंँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोहीअनुसार कम्पनीले सय रुपैयाँ अंकित दरका कुल तीन करोड चार लाख ५० हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको हो ।

प्रकाशित समय : १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु