global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गरेका छन ।

विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा मूल्याङ्कन गरिएको योगदान संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गत संयुक्त राज्य अमेरिकासहित सबै सदस्य राष्ट्रका लागि कानुनी दायित्व रहेको बताएका छन ।

उनले संयुक्त राष्ट्रका सबै निकायहरूले सदस्य राष्ट्रहरूले उनीहरूलाई दिएको जनादेशको पालना जारी राख्न, संगठनको काममा निर्भर रहेका विश्वभरका मानिसहरूको सेवा गर्ने जिम्मेवारी र दृढ संकल्पका साथ गर्ने कुरामा जोड दिएका छन ।

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रका ३१ वटा एजेन्सी र कार्यालयहरूसहित दर्जनौँ अन्तर्राष्ट्रिय संस्थाहरूबाट सदस्या फिर्ता लिन तत्काल कदम चाल्ने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हस्ताक्षर गरेको कार्यकारी आदेशले परिवार नियोजन र मातृ तथा नवजात स्वास्थ्यलाई समर्थन गर्ने संयुक्त राष्ट्र जनसङ्ख्या कोष, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सनको सचिवालय जस्ता निकायहरू रहेका छन् ।

आदेशमा सदस्यता फिर्ता लिने आदेशमा सहभागिता वा कोष रोक्ने जनाइएको छ भने राष्ट्रपति ट्रम्पले यी संस्थाहरूमा अमेरिकी संलग्नता अमेरिकी हितको विपरित रहेको तर्क गरेका छन ।

यस निर्णयप्रति प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका कार्यकारी सचिव साइमन स्टिलले जलवायु सहयोगबाट पछि हट्ने निर्णयले अमेरिकी अर्थतन्त्रलाई नोक्सान पुग्ने चेतावनी दिएका छन । संयुक्त राष्ट्र जलवायु परिवर्तन र पेरिस सम्झौता दुवैलाई आकार दिन अमेरिकाले केन्द्रीय भूमिका खेलेकोसमेत उनले बताएका छन ।

स्टिलले जलवायु सहयोग फिर्ता लिनुले अमेरिकी अर्थव्यवस्था, रोजगारी र जीवनस्तरलाई क्षति पुर्याउने उल्लेख गर्दै जङ्गली आगो, बाढी र गम्भीर आँधीबेहरीले अमेरिहरूको लागि ऊर्जा, खाना, यातायात र बिमा लागतहरू बढाउने बताएका छन ।

जलवायु सम्मेलनको सचिवालयले अन्तर्राष्ट्रिय सहयोगबाट विश्वव्यापी देशहरूलाई फाइदा पुर्याउन काम गर्न जारी राख्ने कुरामा जोड दिँदै उनले संयुक्त राज्य अमेरिकाको लागि भविष्यमा फर्कने ढोका खुला रहने बताएका छन ।

अमेरिकी निर्णयबाट प्रभावित अन्य संयुक्त राष्ट्रसङ्घका निकायहरूमा दिगो विकासमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्ने आर्थिक र सामाजिक मामिला विभाग र पानी र सरसफाइका सवालहरु समावेश छन् ।

 

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु