गृहपृष्ठ नेपाल डेरी एसोसिएसन लुम्बिनीको अध्यक्षमा पुन: थानेश्वर न्यौपाने
नेपाल डेरी एसोसिएसन लुम्बिनीको अध्यक्षमा पुन: थानेश्वर न्यौपाने
नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पुनः थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
न्यौपाने नेपालकै प्रतिष्ठित ग्लोबल डेरी उद्योग कपिलवस्तुका सञ्चालक हुन् । उनको उद्योगबाट उत्पादित बुद्धभूमि ब्रान्डका विभिन्न उत्पादन नेपालभर बिक्री वितरण हुँदै आएका छन् ।
एसोसिएसनको उपाध्यक्षमा कमल प्रसाद भुषाल, सचिवमा विजय सापकोटा, कोषाध्यक्षमा लेखनाथ भण्डारी चयन भएका छन् ।
यस्तै, सहसचिवमा लिलाराम भुषाल चयन भएका छन् । सदस्यहरूमा सन्दीप जैसवाल, लोकराज पोखरेल, काशीराम भट्टराई, कमल प्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदीप न्यौपाने र नवराज सापकोटा चयन भएका छन् ।
प्रकाशित समय : १९:५७ बजे



















