गृहपृष्ठ त्रिवि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने
त्रिवि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने
त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डले नियमित रूपमा ठूलो परिमाणमा दाबी रकम अस्वीकृत गर्न थालेपछि सेवा सञ्चालन असम्भव बनेको हो।
अस्पतालका अनुसार मासिक करिब ५ करोड रुपैयाँ बराबरको उपचार खर्च हुनेमा बीमा बोर्डबाट झण्डै ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको छ। बाँकी रकम अस्वीकृत हुँदा अस्पतालले मासिक करिब २ करोड रुपैयाँ घाटा बेहोर्नु परेको जनाएको छ।
स्वास्थ्य बीमाबाट उपचार लिन आउने बिरामीको संख्या र चाप दैनिक रूपमा करिब ५० प्रतिशतसम्म बढ्दै गएको अस्पतालको भनाइ छ। तर बीमा बोर्ड र अस्पतालबीच दररेट फरक रहेको, अस्पतालले पटक–पटक आफ्नै दरलाई अन्तिम मानिदिन गरेको आग्रह सुनुवाइ नभएको र भुक्तानी प्रक्रिया पनि अवरुद्ध रहेको सूचनामा उल्लेख छ।
प्रकाशित समय : १९:४५ बजे




















