global ime bank Long Banner Ad

गृहपृष्ठ फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा

फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा

फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते, बुधबार, शुभम् रिसेप्सन, कालोपुल, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित समय : १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु