गृहपृष्ठ सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार
सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार
काभ्रेपलान्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको छ । गत वर्ष बैकको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपश्चात बैकको वित्तीय अवस्थामा सुधार देखिएको हो ।
बैंकको गत आ.ब. २०८०/०८१ को तुलनामा आ.ब. २०८१/८२ को वित्तीय सुचकहरुमा ब्यापक प्रगति भएको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी गत वर्ष ५.४६ रहेकोमा यस वर्ष ३१.७६ रहेको छ । त्यसैगरि बैकको प्रतिशेयर नेटवर्थ गत आ.ब. मा ६३.५० रहेकोमा आषाढ मसान्त २०८२ मा बढेर प्रति शेयर नेटवर्थ ९७.२४ पुगेको छ ।
विशेषत निष्कृय कर्जाको असुलीमा भएको उल्लेखनीय सुधारको कारणले बैकको वित्तिय सुचकहरुमा प्रगति भएको देखिन्छ । बैकको निष्कृय कर्जाको अनुपात पनि गत आ.ब.मा १०.६३ प्रतिशत रहेकोमा आषाढ मसान्त २०८२ मा घटेर ६.०८ प्रतिशत मात्र रहेको छ । साथै आषाढ मसान्त २०८२ मा बैकको पुँजीकोष अनुपात मजबुत भई १३.०७ प्रतिशत पुगेको छ ।
प्रकाशित समय : १९:०७ बजे



















