global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

एनआइसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

एनआइसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै बैंक सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका हुन् ।

कम्पनीका सचिव कमल खड्का अनुसार अग्रवालले सञ्चालक समेत नरहने गरी राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिको आइतवार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।

व्यापार, उद्योग, बैंकिङ, बीमा क्षेत्रमा पाँच दशकभन्दा बढिको अनुभव रहेका अग्रवालको बैंकमा १.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु