गृहपृष्ठ प्रि ओपन सेसनमा १.४८ अंकले घट्यो नेप्से
प्रि ओपन सेसनमा १.४८ अंकले घट्यो नेप्से
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा १.४८ अंक घटेर २६२९.६९ विन्दुमा झरेको छ।
यस सेसनमा ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४८ कम्पनीको ९० हजार ३५६ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रकाशित समय : ११:०२ बजे




















