गृहपृष्ठ नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

तानसेनको टक्सारमा स्थानीय कला र संस्कृति जोगाउन नेवारी समुदायले यःमरी महोत्सवको आयोजना गरेको छ।

महोत्सवले हराउँदै गएका परम्पराहरूको पहिचान जोगाइ युवा पुस्तामा इतिहासबारे जानकारी फैलाउने उद्देश्य राखेको छ। नेवारी परम्पराअनुसार नयाँ धानबाट बनाइने यःमरी चाकु, गुँड, खुवा, र तिलको भरपुर स्वादमा परोसेर खाइन्छ।

तानसेन (पाल्पा)- तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो ।

पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ ।

नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत रूपमा गशेण, शिवलगायत भगवान्को स्वरुप बनाएर पूजाआजा गर्ने र नयाँ धानको यःमरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कला, संस्कृति बचाउन महोत्सवको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष बेशान्तर शाक्यले बताए ।

यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रा खाने प्रचलन छ । ‘य’ भनेको नेवारी भाषामा मनपर्ने मरी भनेको रोटी अर्थात् मनपर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ ।

यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलो पीठोभित्र राखेर पकाइन्छ र तातो खाने गरिन्छ । महोत्सवमा २५ कक्ष रहेका थिए । जहाँ दर्शकले स्वादअनुसारका विभिन्न परिकारको उपभोग गरेका थिए ।

प्रकाशित समय : ०५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु