global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग

सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग

सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको दुहबी नगरपालिकालाई १८ लाख बराबरका कार्यालय सामग्री सहयोग गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक कार्यक्रम आयोजना गरी ११ प्रकारका सामग्री नगरप्रमुख वेदनारायण गच्छदारलाई हस्तान्तरण गरे ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड भएको थियो । कार्यालय सञ्चालनका लागि सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

कोशी प्रदेशका ३० पालिकामा छ करोड १८ लाख बराबरका सामग्री हस्तान्तरण हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत दुहबीबाट आज सुरुवात गरिएको हो । आन्दोलनका क्रममा प्रदेशका ४०१ वडा कार्यालयमा क्षति पुगेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकारलाई आएको सहयोग रकमलाई जनताको महत्वपूर्ण सेवा प्रवाह गर्ने कार्यालयहरूलाई वितरण गरिएको बताए ।

सरकारले कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्वीच, औषधि तथा प्लास्टिक कुर्सीसहितका सामग्री प्रदान गरेको हो ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु