काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य

897
shares

यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ ।

कार्यालयमा प्रशासनकै कर्मचारीले निवेदन तयार पार्ने व्यवस्था मिलाउँदै सो समस्याको अन्त्य गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले आफैं निवेदन लेख्न नसक्ने सेवाग्राहीको सहजताका लागि निवेदनको नमूना तयार पारेर कर्मचारीले भरिदिने ब्यवस्था मिलाइएको जानकारी दिए ।

“निवेदन लेख्न सेवाग्राहीले समय र पैसा खर्चनु नपरोस भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाएका हौं,” उनले भने, “नागरिकता, प्रमाणित, पेन्सनसम्बन्धी सेवाका लागि आवश्यक पर्ने विभिन्न निवेदनको व्यहोरा उल्लेख गरेर निवेदनको नमूना तयार पारेका छौँ ।”

त्यसैगरी म्याग्दी प्रशासनले युवा पुस्ताका सेवाग्राहीलाई लक्षित गरेर ‘जेनजी सुझाव पेटिका’ राखेको छ । प्रशासन र अन्य कार्यालयको सेवाप्रवाहको विषयमा गुनासो सङ्कलन तथा युवा पुस्ताबाट रचनात्मक र सिर्जनशिल सुझावको अपेक्षासहित जेनजी सुझाव पेटिका राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।