गृहपृष्ठ दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता
दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता
दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोली सोमबार दिउँसो स्वदेश फर्किएको छ।
श्रीलंकाको कोलम्बोमा सम्पन्न पहिलो संस्करणको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल उपविजेतामा सीमित भएको हो।
आइतबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भयो। बलियो प्रतिस्पर्धा प्रस्तुत गरे पनि नेपाल उपाधि जित्न सकेन र दोस्रो स्थानमा रह्यो।
प्रकाशित समय : १३:४० बजे



















