global ime bank Long Banner Ad

गृहपृष्ठ विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (NPL) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा विराटनगरले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।

विराटनगरका लागि बसिर अहमदले ३६ रनको योगदान गरे भने शुभम रन्जानेले ३७ रन जोडे । ओपनर लोकेश बम २८, मार्टिन गप्टिल १३ र जर्ज मन्सी १० रनमा आउट भए ।

जनकपुरका लागि सङ्गीथ कुरे र रूपेश सिंहले दुई-दुई तथा आदित्य महतोले १ विकेट लिए । टस जितेर जनकपुरले बलिङ रोजेको थियो ।

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु