global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली प्रदेशमा कृषि उत्पादन र खेती क्षेत्र दुवै घटे

कर्णाली प्रदेशमा कृषि उत्पादन र खेती क्षेत्र दुवै घटे

कर्णाली प्रदेशमा कृषि उत्पादन र खेती क्षेत्र दुवै घटे

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा कृषि बालीले ढाकेको भूमि र कूल कृषि उत्पादन दुवै घटेका छन् । राष्ट्र बैंकले गरेको अध्ययन अनुसार खेती क्षेत्र ६ दशमलव ८ प्रतिशतले घट्दा धान, गहुँ, मकै, कोदो र जौँजस्ता प्रमुख खाद्य बालीको क्षेत्र तथा उत्पादनमा उल्लेख्य गिरावट देखिएको छ ।

तरकारी तथा बागबानी क्षेत्र १४ दशमलव ९१ प्रतिशतले घटे पनि फलफूल क्षेत्र २ दशमलव ४० प्रतिशतले बढेको छ । कुल कृषि उत्पादन ५ दशमलव ०१ प्रतिशतले घटेको छ । कृषि क्षेत्रमा बैंक कर्जा प्रवाह घटेर कूल कर्जाको ८ दशमलव ०२ प्रतिशतमा सीमित भयो ।

उद्योगको औसत क्षमता उपयोग ४६ दशमलव ५२ प्रतिशत मात्र रहेको छ भने पर्यटक आगमन १ दशमलव ७२ प्रतिशतले बढेको छ, यद्यपि भारत र चीनबाटका आगन्तुक घटेका छन् । सेवा क्षेत्रमा सबैभन्दा धेरै कर्जा प्रवाह भएको छ ।

प्रदेशमा विद्युत् प्रसारण लाइन ३ हजार ५ सय ७५ दशमलव ७४ सर्किट किलोमिटर पुगेको छ र प्रमुख पूर्वाधार आयोजनाहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् ।

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु