गृहपृष्ठ रग्बी टोली बंगलादेश प्रस्थान
रग्बी टोली बंगलादेश प्रस्थान
नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बंगलादेशको ढाका प्रस्थान गरेको छ । टोली बिहीबार ढाका प्रस्थान गरेको हो ।
नेपालले मंसिर ७ गते दुईवटा रग्बी सेभेन्स र मंसिर ८ गते एकवटा रग्बी फिफ्टिन्स खेल्ने छ ।
टोलीमा प्रशिक्षक कृष्ण थापा र विनोद तामाङ, व्यवस्थापमा गोपाल क्षेत्री तथा फिजियो देवन थापा छन् ।
यो सिरिज भदौ २९ देखि ३१ गते नेपालमा हुन तय भएको थियो । भदौ २३ र २४ गतेको आन्दोलनका कारण स्थगित भएको थियो ।
प्रकाशित समय : २०:३४ बजे



















