global ime bank Long Banner Ad

गृहपृष्ठ पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी १२ जनाको मृत्यु भएपछि पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा ३० विद्रोही लडाकूको मृत्यु भएको छ।

लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मृतक लडाकूमध्ये २३ जनाको खैबर पख्तुनख्वा राज्यको कुराम जिल्लामा मृत्यु भएको हो भने अन्य तीन जनाको मोहमन्द, लक्की र ट्याङ्कमा मृत्यु भएको हो । पाकिस्तानले आतङ्कवादविद्धको आक्रमण जारी राख्ने बताएको छ ।

गत महिना पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा भएको लडाइका भएको थियो भने तत्काल दुबै देशको सहमतिमा युद्धविराम भएको थियो तर दुई देशबीच आक्रमणलाई लिएर आरोप प्रत्यारोप भने चलिरहेको छ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु