global ime bank Long Banner Ad

गृहपृष्ठ सोल्टी होटल र साहस उर्जाको सेयर मूल्य समायोजन

सोल्टी होटल र साहस उर्जाको सेयर मूल्य समायोजन

सोल्टी होटल र साहस उर्जाको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटल र साहस उर्जाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोल्टीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बिहीबारको अन्तिम कारोबार मूल्य ५४६ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात सोल्टीको मूल्य ४७४.७८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, साहस उर्जाको २१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएपछि भाउ ५५५.३७ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६७२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित समय : १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु