गृहपृष्ठ रबि बोपाराले बनाए लगातार दोस्रो अर्धशतक
रबि बोपाराले बनाए लगातार दोस्रो अर्धशतक
लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजका ब्याटर रबि बोपाराले अर्धशतक प्रहार गरेका छन्।
त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका लागि रवि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका हुन्।
बोपाराले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। समग्रमा रबि बोपाराको पाँचौं अर्धशतक हो। यो संस्करणमा उनको यो दोस्रो अर्धशतक हो।
प्रकाशित समय : १७:३७ बजे



















