global ime bank Long Banner Ad

गृहपृष्ठ यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने

यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने

यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सूचना अब सहज रूपमा फेसबुकमार्फत प्राप्त हुने भएको छ।

यातायात व्यवस्था विभागले अनलाइन स्वचालित सूचना प्रणालीमा प्राविधिक समस्या देखिएपछि लाइसेन्स तयार भएको जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ।

पहिले अत्यावश्यक लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेका र एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र ‘नोटिफिकेसन’ पठाइन्थ्यो। तर हाल प्रणाली अवरुद्ध हुँदा विभागले नयाँ विकल्पका रूपमा हेलो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमा छपाइ सकिएका लाइसेन्सको नाम सूची नियमित रूपमा प्रकाशित गर्ने बताएको छ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु