global ime bank Long Banner Ad

गृहपृष्ठ मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल

मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल

मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल

राँझा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सङ्कटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।

“जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ”, उनले भने । राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

महासचिव पोखरेलले भने “देशको सङ्कट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु