global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तरराष्ट्रिय कला प्रदर्शनी आइतबारदेखि

अन्तरराष्ट्रिय कला प्रदर्शनी आइतबारदेखि

काठमाडौँ । काठमाडौँमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग नक्सालसँगको सहकार्यमा नेपालको विन्दु स्पेश फर आर्टिष्ट र जापानको जिन्जा ग्यालरीले आयोजना गर्ने उक्त अन्तरराष्ट्रिय कला प्रदर्शनीमा चार देशका ७५ कला कृति समावेश गरिने छ । प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले आज कला प्रदर्शनीबारे जानकारी दिँदै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रदर्शनीमा नेपाल, जापान, जर्मनी र कोरियाका कलाकारका कलाकृति समावेश गरिने छन् ।

उक्त कार्यक्रम संयोजक पृथ्वी श्रेष्ठले नेपाली कलाकारका ३५ र जापानी कलाकारका ३५ कलाकृति प्रदर्शनीमा रहने जानकारी दिए । उनले प्रदर्शनीमा सहभागी हुन जापानबाट कलाकार आउन लागेका बताउनुभयो । जर्मनीका दुई र कोरियाका तीन कलाकारका कलाकृति पनि प्रदर्शनीमा राखिने छन् । प्रदर्शनीले आपसी सम्बन्ध विस्तारका साथै सिकाइ आदानप्रदान हुने विश्वास गरिएको छ ।

प्रकाशित समय : २२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु