गृहपृष्ठ कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज आठौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।
प्रदेश प्रमुख खापुङलाई मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ को दफा १२ को उपदफा ९१० बमोजिम कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको हो ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै जनताले न्याय पाएको अनुभूति गर्न सके मात्र समाजमा द्वन्द्व घट्दै जाने भएकाले कानुन कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरे । उहाँले सामाजिक सद्भाव र मेलमिलाप कायम गराउन जनताको न्यायमा पहुँच सहज हुनुपर्ने विचार राखे।
मुख्य न्यायधिवक्ता बस्तीले सो कार्यालयको प्रगति समीक्षा प्रस्तुत गरे थियो । प्रदेश प्रमुखको कार्यालयका सचिवसहित कर्मचारीहरू र मुख्य न्यायधिवक्ताको कार्यालयका कर्मचारीको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १९:३५ बजे




















