global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ यस बर्षको छठ पर्व सकिएसँगै जलाशय सरसफाइ गरिँदै

यस बर्षको छठ पर्व सकिएसँगै जलाशय सरसफाइ गरिँदै

यस बर्षको छठ पर्व सकिएसँगै जलाशय सरसफाइ गरिँदै

रौतहट । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई यस बर्षको छठ पर्व समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएपछी सम्पन्न भएको हो ।

रौतहटको चन्द्रपुर, गरुडा, गौर सहित १८ वटै पालिकामा रहेका जलाशयमा पुगेर ब्रतालुहरुले छठ पूजा गरेका हुन । अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

छठ सकिएपछि नदी किनारमा समिति तथा स्थानीयले सफाइ अभियान थालेका छन । छठ मनाउने क्रममा फोहर जम्मा भएकाले यसको व्यवस्थापन गर्न थालिएको चन्द्रपुर छठ पूजा समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । यहा शान्तिपूर्णरुपमा हौसलाका साथ छठ पर्व समापन भएको उनको भनाइ छ ।

छठ सकिएपछि अहिले घर परिवारका सदस्य तथा आफन्त लाई प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । छठ पर्वको विधि अनुसार पूजा, प्रार्थना र आराधना गरी चार दिनसम्म मनाइन्छ ।

 

प्रकाशित समय : १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु