global ime bank Long Banner Ad

गृहपृष्ठ ‘कुकुर तिहारः वफादारी र सद्भावको प्रतीक पूजा’ (भिडियो सहित)

‘कुकुर तिहारः वफादारी र सद्भावको प्रतीक पूजा’ (भिडियो सहित)

‘कुकुर तिहारः वफादारी र सद्भावको प्रतीक पूजा’ (भिडियो सहित)

काठमाडौं । तिहारको दोश्रो दिन कुकुर तिहार हो । कुकुरलाई वफादार, घरपालुवा र चोरी–चकारी पत्ता लगाउने शक्तिको प्रतीक मानिन्छ । पुराणहरूमा, युधिष्ठिरले मृत्युको समयमा आफ्नो कुकुरसँगै बैकुण्ठ पुगेको वर्णन छ ।

युधिष्ठिरले सम्पूर्ण पञ्चपाण्डव द्रौपदीसहित बैकुण्ठ जाँदाखेरिको अवस्थामा बाटोमा मृत्युको अवस्था आउँदाखेरि युधिष्ठिर र कुकुर मात्रै बाँचेको हुनाले बैकुण्ठ पुगेको किंवदन्तीहरु पुराणहरुमा उल्लेख गरिएको छ । त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ ।

अहिले त आर्मी पुलिसहरुमा पनि ककुर पाल्ने र त्यसले अपराध वा अपराधिहरु पत्ता लगाउने गर्दछ । कुकुर तिहारका दिन कुकुरलाई तेल र मालासहित खाना र मिष्ठान्न दिइन्छ, जसले उसको सद्भाव र वफादारीलाई सम्मान दिन्छ । अन्य जनावरको तुलनमा कुकुरले मान्छेहरुका लागि गर्ने काम र जिम्मेवारी पनि धेरै भएकाले यसलाई विशेषगरी पुजा गर्ने गरिन्छ ।

प्रकाशित समय : ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु