गृहपृष्ठ श्रीपुरमा विद्युत् सर्टबाटआगलागी, एक घर पूर्ण रूपमानष्ट, करिब २६ लाखको क्षति

श्रीपुरमा विद्युत् सर्टबाटआगलागी, एक घर पूर्ण रूपमानष्ट, करिब २६ लाखको क्षति

श्रीपुरमा विद्युत् सर्टबाटआगलागी, एक घर पूर्ण रूपमानष्ट, करिब २६ लाखको क्षति

मकवानपुर । मकवानपुरको बकैया गाउँ पालिका–५ श्रीपुरमा भएको आगलागीले एक परिवारको घर पूर्ण रूपमाजलेर नष्टभएको छ।

जिल्लाप्रहरी कार्यालय मकवानपुरका अनुसार साँझकरिब साढे ६ बजे विद्युत् सर्ट हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एकतले घरमा आगलागी भएको हो।

प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार आगलागीका कारण घरमा रहेको खाद्यान्न, लत्ताकपडा, नगदसहितझण्डै २६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३५ मिनेटको प्रयास पछि आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

विद्युत् सट भई भएको आगलागीको थपविवरण र क्षतिको पूर्ण मूल्याङ्कनकार्य भइरहेको जनाइएको छ।

प्रकाशित समय : ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु