गृहपृष्ठ बाजुराको मार्तडीमा ‘बाजुरा कप’ फुटवल प्रतियोगिता हुँदै
बाजुराको मार्तडीमा ‘बाजुरा कप’ फुटवल प्रतियोगिता हुँदै

बाजुरा । सदरमुकाम मार्तडीमा ‘बाजुरा कप’ सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका साथ यहि असोज २२ गतेदेखि २६ गतेसम्म ‘बाजुरा कप’ सेभेन ए साइड फुटवल प्रतियोगिता २०८२ सञ्चालन हुने आयोजकले बताएको छ ।
नेपालीहरुको महान चाड बडा दशै तथा शुभ दिपावली २०८२ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । गत बर्ष पनि मार्तडीमा वडाअध्यक्ष सेभेन ए साइड खुल्ला फुटवल प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको लागी सम्पुर्ण खेलाडी टिमहरुले असोज २१ गतेसम्म आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ भने टिमदर्ता शुल्क पाँच हजार तोकिएको छ ।
प्रतियोगिताबाट विजेता टिमलाई नगद ६१ हजारसहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यस्तै, प्रतियोगिताको द्धितिय हुने टिमलाई नगद ३१ हजार नगदसहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई नगद पाँच हजार, सर्वोकृष्ट गोलकिपरलाई नगद पाँत हजार त्यस्तै सर्वाधिक गोलकर्तालाई नगद तिन हजार सहित सम्मान गरिने छ ।
प्रतियोगिता मालिका नमुना माविको खेलमैदानमा सञ्चालन हुने भएको छ । यो प्रतियोगिताले जिल्लामा नयाँ खेलाडी उत्पादन संगै खेल क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : ०८:३६ बजे