गृहपृष्ठ आगलागी तथा तोडफोड भएका दाङका सबै सरकारी कार्यालयमा सरसफाइ
आगलागी तथा तोडफोड भएका दाङका सबै सरकारी कार्यालयमा सरसफाइ
‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएका दाङका सबै कार्यालय सरसफाइ गरिएको छ । आजसम्म सबै सरकारी कार्यालय सरसफाइ गरिएकामा अत्यावश्यक कामहरू पनि सुरु भएका छन् । उच्च अदालत, तुलसीपुरले बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता सुरु गरेको छ ।
यस्तै, तुलसीपुर उपमहानगरपालिकाले क्यान्सर, मिर्गौलापीडितको उपचारका लागि सिफारिस दिन सुरु गरेको छ । उपमहानगर प्रमुख टीकाराम खड्काले कार्यपालिका बैठकले मङ्गलबारदेखि पूर्ण रूपमा सेवा दिने निर्णयसमेत गरिसकेको बताए । मङ्गलबार सर्वपक्षीय बैठकसमेत बोलाइएको उनले जानकारी दिए ।
यस्तै, मालपोत, यातायात, आन्तरिक राजस्व, इलाका प्रशासन, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, भू–संरक्षण तथा जलाधार, लोकसेवा आयोग र नेपाल आयल निगमको कार्यालयमा सरसफाइ गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जिल्लामा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनाएका दुई दर्जनभन्दा बढी कार्यालय सफाइ गरिएको बताए। जिल्ला प्रशासनले सरसफाइसँगै कार्यालय प्राङ्गणबाटै सेवा दिनेगरी तयारी गरिएको उनले जानकारी दिए।
प्रकाशित समय : २०:०८ बजे



















