global ime bank Long Banner Ad

गृहपृष्ठ बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

यो वर्ष बागलुङबाट ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ ।

दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले आर्थिक वर्ष २०८१ /८२ मा ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको सङ्घका अध्यक्ष दीपक गौतमले बताए ।

अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ । अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ । आव २०८०/८१ मा ३८ लाख ५४ हजारबराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष १६ लाख रुपैयाँभन्दा बढीको छुर्पी बिक्री गरेको छ ।

दुग्ध सहकारीले यस वर्ष १० करोड ९९ लाख १७ हजार ८५५ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ ।

उनका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ । त्यसमध्ये अन्तरराष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ । छुर्पीको माग बढेपछि सङ्घले एक वर्षमा १६ लाख रुपैयाँको छुर्पी उत्पादनमा वृद्धि गरेको हो ।

दुग्ध सहकारी सङ्घले बागलुङका १५ सहकारी संस्थाको दूध सङ्कलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा एक हजार ५०० भन्दा बढी किसान आबद्ध छन् ।

हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो एक हजार २०० रुपैयाँमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् ।

प्रकाशित समय : १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु