गृहपृष्ठ हाम्रो पात्रो पनि आयो दर्ता प्रक्रियामा
हाम्रो पात्रो पनि आयो दर्ता प्रक्रियामा
सरकारले नेपालको कानुनअनुसार दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्ने प्रक्रिया अघि बढाएपछि हाम्रो पात्रोले निवेदन दिएको छ ।
मन्त्रालयका अनुसार, दर्ता प्रक्रियाबारे सोधिखोजी गरेपछि हाम्रो पात्रोका प्रतिनिधिले इमेलमार्फत दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाएका हुन् । हाम्रो पात्रो एप नेपालमा सबैभन्दा बढी डाउनलोड भएको एपमा पर्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले दर्ताविहीन प्लेटफर्म बन्द गर्ने प्रक्रिया अघि बढाएपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडिया प्लेटफर्मको माउ कम्पनी मेटा पनि नेपाल सरकारको सम्पर्कमा आएको छ ।
प्रकाशित समय : १८:४४ बजे



















