global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो

बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो

बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो

काठमाडौं । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तक्र्रियाको प्रतिवेदनमाथि छलफल गरिएको छ ।

बिहीबार बसेको समितिको बैठकमा लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तक्र्रियाको प्रतिवेदनमाथि छलफल गरिएको हो ।

बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद जगप्रसाद शर्माले लुम्बिनी प्रदेशका सांसदहरुको छलफलमा उठेका बजेट विनियोजनमा संघीयताको मर्म अनुसार नभएको विषय प्रतिवेदनमा समेट्न सुझाव दिए ।

उनले भने, ‘प्रदेश सांसदहरुको छलफलमा बजेट विनियोजनमा १५ प्रतिशत स्थानीयलाई, १५ प्रतिशत प्रदेशलाई र ७० प्रतिशत संघलाई भन्ने छ । यो संघीयताको मर्म अनुसार भएन। त्यसकारण ३० प्रतिशत स्थानीयलाई, ३० प्रतिशत प्रदेशलाई हुँदा न्यायसंगत हुन्छ भन्ने कुरा उल्लेख गर्नुपर्छ ।’

उनले संघीय सरकारको मूख्य कानून बनाउने, प्रदेश सरकारको काम विकास निर्माण र स्थानीय सरकारको मूख्य काम सेवा प्रवाह भएको प्रतिवेदनमा उल्लेख गर्न छुट्याउन नहुने बताए ।

यस्तै बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सेवाग्राहीलाई छिटो, छरितो, प्रभावकारी बनाउन विषयमा समेत समितिले स्थलगत अध्ययन, अनुगमन गर्नुपर्ने बताए ।

‘सेवाग्राहीलाई छिटो, छरितो, प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा कुन शिर्षकमा राख्न सकिन्छ, उपभोक्ता सम्बन्धमा राख्ने हो कि त्यसको अनुगमन गर्ने, सम्बन्धित स्थलगत अध्ययन, अनुगमन गर्ने हो कि,’ उनले भने ।

उनले साना साना कुरामा मात्र सुधार गर्न सके सेवाग्राहीलाई दिने सेवामा राम्रो प्रभाव पर्ने देखाए ।

‘सेवाग्राहीलाई दिने सेवामा अत्यन्त नकरात्मक असर परिरहेको छ । पैसा तिर्ने ठाउँमा लाइन, लाइसेन्स लिने ठाउँमा लाइन, आफूले पैसा दिँदा पनि सकसले जनतामा असर परेको छ । साना साना कुरामा मात्र सुधार गरिदियो भने यसले राम्रो प्रभाव पार्छ,’ उनले भने ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु