global ime bank Long Banner Ad

गृहपृष्ठ चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग

चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग

चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग

काठमाडौं । काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।

चीनले पठाएको नेत्र उपकरण र सामाग्रीपछि चीन–नेपाल “लाइफलाइन एक्सप्रेस“ दृष्टिविहीनता निवारण सहयोग केन्द्रमार्फत बिरामीहरूले सहज र द्रुत सेवा पाउन थालेका छन् ।

“पहिले आँखा जाँच गर्न धेरै समय लाग्थ्यो, तर अहिले सजिलै धेरै प्रकारका परीक्षण यहीँ गर्न पाइन्छ । परिणाम पनि छिट्टै आउँछ,“ भनी स्थानीय बिरामी बसन्त पन्तले बताए । त्यस्तै अर्की बिरामी गोमा तामाङले पनि नयाँ उपकरणका कारण उपचार छिटो र प्रभावकारी भएको भन्दै खुसी व्यक्त गरिन् ।

उक्त सहयोग केन्द्र यस वर्ष मार्च महिनामा स्थापना गरिएको हो, जसलाई चीनले साघाई सहयोग संगठन (एससीओ) अन्तर्गतको स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत अघि बढाएको हो । नेपाल हाल एससस्ओको संवाद साझेदार राष्ट्र हो ।

चीनले २०२२ मा घोषणा गरेको ३ वर्षभित्र एससीओ सदस्य मुलुकका बिरामीलाई दुई हजार निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने योजनामा पनि नेपाल समावेश छ ।

सिभिल सर्विस अस्पतालका चिकित्सकहरूले नयाँ उपकरणले मोतिबिन्दु, ग्लुकोमा लगायतका आँखाका रोगको उपचारमा कार्यक्षमता बढाएको बताएका छन् । नेत्र विशेषज्ञ डा. प्रज्ञा बस्नेतका अनुसार, “यसले अस्पतालको शैक्षिक गतिविधि र बाहिर बिरामी जाँचमा ठूलो सहयोग पु-याएको छ । अब घाउ पहिचान, कारण विश्लेषण र उपचार पद्धति निर्धारण गर्न सजिलो भएको छ ।”

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु