global ime bank Long Banner Ad

गृहपृष्ठ तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ: मन्त्री खड्का

तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ: मन्त्री खड्का

तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ: मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले तीजको ब्रत पुरुषहरुले पनिबस्ने हो भने समान हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय पुरुषहरुले पनिसाथ सहयोगगर्ने गरेको भन्दै ब्रतपनि लिने हो भने समान हुने बताए ।

उनले भने, ‘तीज महिलाहरुको मात्र रहेन् । पुरुषहरुले पनि त्यत्तिकै सहभागि हुने साथ सहयोग गर्ने र सबैको पर्व हो भनेर मनाउन थालिएको छ । तर पुरुषहरुले पनि ब्रतबस्ने हो भन्ने बल्ल समानता आउँछ भन्ने लाग्छ ।’

यस्तै, उनलेतीज सबै धर्मावलम्बीहरुले मनाउने रभाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए । धार्मिक, सांस्कृतिर सामाजिक कुराले नेपालीहरु एकदमै धनी भएको पनिउनको भनाई छ ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु