global ime bank Long Banner Ad

गृहपृष्ठ स्वास्थ्य क्षेत्रमा १० प्रतिशत लगानी गर्न स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य क्षेत्रमा १० प्रतिशत लगानी गर्न स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य क्षेत्रमा १० प्रतिशत लगानी गर्न स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको बताएका छन । आज डोटीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सहज स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य क्षेत्रमा सरकारले लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।

अन्तरराष्ट्रिय मापदण्डअनुसार सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत लगानी गर्नुपर्नेमा पाँच प्रतिशत पनि लगानी हुन नसकेको जानकारी दिँदै मन्त्री पौडेलले विकल्प खोज्नुपर्नेमा जोड दिए । सरकारले लगानी गर्न सक्ने अवस्था नभए विकल्पका लागि नागरिक लगानीमा आधारित बीमा प्रणाली विकास गरेर संवैधानिक व्यवस्थाअनुरूप स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने प्रस्ताव आफूले गरेको मन्त्री पौडेलको भनाइ छ ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा १० प्रतिशत लगानी गर्न स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह गरे । उनले भने, “म स्थानीय तहका साथीहरूलाई आग्रह गर्छु, तपाईँको कुल बजेटमा बाटो कटौती गरेर भए पनि लगानी गर्नुस्, १० प्रतिशत स्वास्थ्य क्षेत्रमा अनिवार्य रूपमा लगानी हुनुपर्छ, प्रदेश सरकारको पनि १० प्रतिशत लगानी हुनुपर्छ ।”

यस्तै मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा भवन निर्माण भई हस्तान्तरण भएका आधारभूत अस्पतालको सञ्चालनका लागि भदौभित्र एक करोड उपलब्ध गराइने मन्त्री पौडेलले बताए ।

प्रकाशित समय : २०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु