global ime bank Long Banner Ad

गृहपृष्ठ ‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’

‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’

‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’

विद्या भण्डारीलाई कसैले रोक्न सक्ने देखिदैन् : वरिष्ठ ज्योतिष डा.अधिकारी

काठमाडौं । वरिष्ठ ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल प्रधानमन्त्री हुन नसक्ने दाबी गरेका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा पण्डित डा.अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सजिलोसँग सभापति देउवालाई कुर्सी हस्तान्तरण गर्ने संभावना नदेखिएको उनको जिकिर छ ।

नेपाली नेता र प्रतिष्ठित व्यक्तिहरुको जन्म कुन्डलीका आधारमा भविष्यवाणी गर्दै आएका डा.अधिकारीले प्रधानमन्त्री ओलीले शपथ लिएको दिन ग्रहको स्थिति असाध्यै मजबुत भएको भन्दै प्रधानमन्त्री ओलीले साम, दाम, दण्डभेद प्रयोग गरेर आफ्नो कार्यकाल पूरा गर्ने बताए ।

उनले भने, ‘उनै केपी शर्मा ओली हुन्, त्यसरी सजिलोसँग देउवाजीलाई कुर्सी हस्तान्तरण गर्ने देखिदैन् । म हतारमा छु, आतुरमा छु, स–सम्मान यो कुर्सी हस्तान्तरण गर्नको लागि, भनिरहनुभएको छ, त्यतिखेरसम्म उहाँको दिमागमा कुन चाहीं फतुर आउँछ । उसले भड्काइदिन्छ । नेपाली कांग्रेसले राम्रोसँग केपीलाई चिनेको हुनुपर्ने हो ।’

प्रधानमन्त्री ओलीले शेरबहादुरजीलाई फकाएर सरकार टिकाइरहे पनि कार्यकाल पूरा गर्दा देश ध्वस्त बनाउने बताए ।

‘यतिखेरसम्म शेरबहादुरजीलाई फकाएर, अनेक गरेर उहाँले टिकाई राख्नुभएको छ ।  तर मैंले केपी शर्मा ओलीले जुन दिन शपथ लिनुभयो, त्यो दिनको ग्रहको स्थिति चाहीं असाध्यै मजबुत थियो । त्यसैले ओलीले साम, दाम, दण्डभेद प्रयोग गरेर आफ्नो अढाई वर्ष चाहिँ करिब पूरा गर्छन् । आफ्नो कार्यकाल चाहिँ पूरा गर्छन् तर ध्वस्त बनाउँछन्,’ उनले भने ।

पण्डित डा.अधिकारीले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई पार्टीले सदस्यता नदिए पनि सक्रिय राजनीतिमा आउन सक्ने बताए ।

पूर्वराष्ट्रपति भण्डारीले नयाँ पार्टी खोले एमाले, नेपाली कांग्रेस र माओवादीको वितृष्णाले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भए झैं ओलीको वितृष्णा एमालेका नेता कार्यकर्ता विद्यादेवीसँग थुप्रिन सक्ने बताए ।

‘सजिलो छैन विद्यालाई परास्त गर्न । पार्टीले पो सदस्यता दिएन, सक्रिय राजनीतिमा आउनको लागि पार्टी खोल्नको लागि त रोकेको छैन । उहाँले सामथ्र्य, क्षमता देखाउनुभयो भने केपीजीप्रतिको वितृष्णा गएर विद्यादेवीमा थुप्रिन्छ । अनि त्यसपछि एमाले, नेपाली कांग्रेस र माओवादीको वितृष्णाले रास्वपाको उदय भयो,’ उनले भने ।

उनले विद्या भण्डारीसँग मदन भण्डारीका दर्शन र सिद्धान्त जोडिएको हुनसक्ने भन्दै धेरैको मनस्थितिले स्वीकार गरेको बताए ।

‘त्यसैगरी राजनीतिमा योभन्दा त विद्या आइदिँदा ठीक भन्नेमा धेरैको मनस्थितिले स्वीकार गरेको छ । त्यहाँ एउटा विरासत पनि छ । त्यहाँ मदन भण्डारी जोडिनुभएको छ । कतै न कतै उहाँको दर्शन र सिद्धान्त पनि जोडिएको छ । देशमा मदन बाँचिराखेको भए आज देशले यो दुर्गतिसम्म पुग्दैनथ्यो । यति अस्थिर र असफल देश हुन पाउँदैनथ्यो,’ उनले भने ।

त्यस्तै उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को शैली आलोकाँचो भएको बताए ।

‘उहाँहरु धेरै गाली गर्न जानेका, बोल्न जानेका, खोइरो खन्न जानेका, कटाक्ष गर्न जानेका छन् । काम भनेको जिरो छ । रविजीले आफ्ना सम्पूर्ण सम्भावनाहरू बन्द गरिसक्नुभयो । राज्यले पनि उहाँलाई खेदेको छ । उहाँले पनि ओभरस्मार्टनेस र सबैलाई सिध्याएर म एक्लै राजा हुन्छु भन्ने सोचले अघि बढेको देखिन्छ,’ उनले भने ।

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु