global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आजबाट स्वस्तिक लघुवित्तको आइपीओ बिक्री खुला गर्ने

आजबाट स्वस्तिक लघुवित्तको आइपीओ बिक्री खुला गर्ने

आजबाट स्वस्तिक लघुवित्तको आइपीओ बिक्री खुला गर्ने

आजबाट स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। सर्वसाधारणका लागि संस्थाले दोस्रो चरणमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो।

संस्थाले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरी बाँडफाँट गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले स्वस्थित लघुवित्तलाई जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको साधारणस शेयर जारी गर्न अनुमति दिएको थियो। पहिलो चरणमा संस्थाले कुल निष्कासन १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २३ हजार १०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गरेको थियो।

कुल २ लाख ३१ हजार कित्तामध्ये ०।५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो।

यो आइपीओ लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

स्वस्तिक लघुवित्तको आइपीओ निष्कासन बन्द छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गते बैंकिङ समयपछि हुनेछ। स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु