global ime bank Long Banner Ad

गृहपृष्ठ कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु ४७ जना घाइते

कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु ४७ जना घाइते

कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु ४७ जना घाइते

काठमाडौं । कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका स्थीत कारागारमा रहेका कैदीबन्दीहरु बीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।
उनका अनुसार झड्पका क्रममा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भने घाइतेहरु सबैको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनले भने,‘हिजो राति कैदीबन्दीबीच झडप भएको थियो । झडपमा परि धनगढी उपमहानगर वडा नं ४ घर भएका कैदीबन्दी भरत चौधरीको चाँही मृत्यु भइसकेको छ । ४७ जना घाईते छन् । घाइतेहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।’
कैदीबन्दीहरु बिच के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उनले अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रकाशित समय : १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु