global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने

धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने

धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने

धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा सर्वोत्कृष्ट बनेको क्याम्पसले यसवर्षदेखि प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो ।

स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताए । उनका अनुसार साबिकको धौलागिरि क्षेत्रका चार जिल्लामा रहेका क्याम्पसमध्ये बिआइसिटिई कक्षा सञ्चालन गर्ने धवलागिरि पहिलो क्याम्पस हो ।

२१औँ शताब्दीको शिक्षक बन्ने विद्यार्थीको चाहना पूरा गर्ने, प्रविधि र शिक्षा दुवैमा दक्ष बनाउने अभियानअन्तर्गत प्राविधिक विषयमा पठनपाठन सुरु गरिएको पौडेलले बताए । बिआइसिटिई कार्यक्रमले शिक्षणसँगै आवश्यक तथ्याङ्क विश्लेषणमा नविनतम् प्रविधिको प्रयोग गर्नसक्ने जनशक्ति तयार हुने उनले विश्वास व्यक्त गरे । ‘डिजिटल’ युगमा अत्यावश्यक सुरक्षा सीप र नेटवर्क व्यवस्थापनमा दक्ष जनशक्तिको उत्पादन धवलागिरिमा हुने उनले दाबी गरे ।

बिआइसिटिई पढेका विद्यार्थी सरकारी तथा गैरसरकारी संस्थामा रोजगारीका लागि तयार हुनाका साथै स्वरोजगार समेत बन्न सक्ने भएकाले यसको माग बढेको उनले बताए । उनका अनुसार क्याम्पसले विद्यार्थी र समयको मागलाई ध्यान दिएर प्राविधिक विषय पढाउन थालेको हो ।

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु