global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बलात्कारको आरोपमा पाकिस्तानी क्रिकेटर इंग्ल्याण्डमा पक्राउ

बलात्कारको आरोपमा पाकिस्तानी क्रिकेटर इंग्ल्याण्डमा पक्राउ

बलात्कारको आरोपमा पाकिस्तानी क्रिकेटर इंग्ल्याण्डमा पक्राउ

पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अली बलात्कारको आरोपमा इंग्ल्याण्डमा पक्राउ परेका छन् ।

कुरा अगस्त ३ को हो, अहिले यो जानकारी बाहिर आएको छ । टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार २४ वर्षीय ब्याट्सम्यान हैदर पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) को एक हिस्सा हुन्।

गत ३ अगस्टमा उनले क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लब टिमविरुद्ध खेल खेल्दै थिए। त्यसपछि ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई मैदानबाटै पक्राउ गरेको हो । पछि उनी जमानतमा रिहा भए पनि देश छोड्न नपाउने गरी उनको राहदानी जफत गरिएको छ ।

यो घटना सार्वजनिक भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदर अलीलाई निलम्बन गरेको छ । रिपोर्टका अनुसार हैदरमाथि बलात्कारको आरोप लगाउने युवती पाकिस्तानी मूलकी हुन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का एक प्रवक्ताले भने, ‘हामीलाई गिरफ्तारीको बारेमा जानकारी दिइएको थियो। हैदरलाई अनुसन्धान पूरा नभएसम्म निलम्बन गरिएको छ, र हामी बेलायतमा आफ्नै अनुसन्धान गर्नेछौं। बोर्डले यस कठिन समयमा हैदरलाई कानुनी सहयोग गर्नेछ।’

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु