global ime bank Long Banner Ad

गृहपृष्ठ २९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण

२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण

२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण

काठमाडौं । २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गते सम्मको तथ्यांक अनुसार सूदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो ।

रोगका कारण सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । कोशीका ११ जिल्लामा २२ हजार १२२ वटा गाईभैँसीमा रोगको संक्रमण देखिएको छ भने हाल सम्म ६३७ पशुको मृत्य भएको मन्त्रालयले जनाएको छ । मधेश प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ पशुमा संक्रमण देखिएकाो छ भने १७९ पशुको मृत्यु भएको छ । बागमतीका ५ जिल्लामा ७९३ पशुमा रोगको संक्रमण पुष्टि भएको र ३० वटा पशुको मृत्यु भएको छ ।

त्यसैगरी, गण्डकीको एउटा जिल्लामा ७ वटा पशुमा मात्रै हाल सम्म रोग पुष्टि भएको छ भने लुम्बीनीका ३ जिल्लामा १६ वटा पशुमा रोग पुष्टि भएको छ र कर्णालीमा १ जिल्ला मात्रै रोगका कारण प्रभावित भएको छ । यी प्रदेशमा हाल सम्म रोगका कारण गाईभैँसीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

सरकारले हाल सम्म ५ लाख ६१ हजार ७५१ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाएको छ ।

प्रकाशित समय : ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु