global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ वादोरियो कराते टोली श्रीलंका जाने

वादोरियो कराते टोली श्रीलंका जाने

वादोरियो कराते टोली श्रीलंका जाने

पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलंकाको रत्नापुरा जाने भएको छ ।

अगष्ट ७ र ८ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् । महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्ने छन् ।

प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन् ।

टोलीलाई पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व मन्त्री शक्ति बस्नेतलगायतले खुमाल्टारमा मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालले वादोरिायो करातेले विगत जस्तै यो प्रतियोगितामा पनि पदक जित्ने विश्वास व्यक्त गर्दै सफलताका लागि शुभकामना दिए ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु