global ime bank Long Banner Ad

गृहपृष्ठ भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा

भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा

भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा

भरतपुर महानगरपालिकाले दुई स्थानबाट दमकल सेवा सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाको कार्यालय र पश्चिम चितवनको गुञ्जनगरमा दमकल राखेर सेवा दिने गरिएको छ ।

महानगरका वारुणयन्त्र अधिकृत देवेन्द्रराज रेग्मीका अनुसार यी दुई ठाउँबाट चितवन जिल्लाभरि नै र छिमेकी जिल्लामा समेत सेवा दिने गरिएको छ । उहाँका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चितवन र  नवलपुरमा गरेर १३३ आगलागीका घटना भएका थिए । महानगर कार्यालयमा रहेको दमकलले ९७  र गुञ्जनगरमा रहेको दमकलले ३६ ठाउँको आगो निभाएको थियो । कतिपय ठाउँमा आगो निभाउन दुवै दमकल प्रयोग गरिएका छन् ।

महानगरपालिकाको कार्यालयमा दुई र गुञ्जनगरमा एउटा दमकल रहेको छ । महानगरपालिकाको विपद् व्यवस्थापन शाखाप्रमुख बालकृष्ण थपलियाले गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्धार, राहत तथा व्यवस्थापन कार्यसम्बन्धी सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासमार्फत नागरिकलाई सचेत बनाइएको बताए ।

प्रकाशित समय : १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु