गृहपृष्ठ बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा २१ प्रतिशत ब्यास ब्याक अफर

बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा २१ प्रतिशत ब्यास ब्याक अफर

बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा २१ प्रतिशत ब्यास ब्याक अफर

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औं बार्षिकोत्सवको अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको अफर ल्याएको हो ।

उक्त अफर अन्तर्गत बैंकका ग्राहकहरुले डेबिड वा क्रेडिट कार्डबाट पिओएस वा ईकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैयाँसम्म र अफर अवधि भर अधिकतम २ हजार १ सय रुपैयाँसम्म क्यास ब्याक पाउन सक्नेछन् ।

साथै, उक्त क्यास ब्याज अन्तर्गत ग्राहकहरुले अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुुटरको तर्फबाट हेल्मेट, ज्याकेट र विभिन्न होटेलमा कुपनहरु उपहारहरु रहेका छन् ।

त्यस्तै, सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीका तर्फबाट हरेक दिन ५ हजार रुपैयाँसम्मको गिफ्ट भौचर पनि जित्न सकिने छ । यो अफर आजदेखी ९असोज ८ गते० असोज १७ गतेसम्म लागू हुनेछ ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु