global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीद्वारा ‘फिफा फुटबल फर स्कुल्स’ अभियान शुभारम्भ

प्रधानमन्त्रीद्वारा ‘फिफा फुटबल फर स्कुल्स’ अभियान शुभारम्भ

प्रधानमन्त्रीद्वारा ‘फिफा फुटबल फर स्कुल्स’ अभियान शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको आज शुभारम्भ गरेका छन ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘फिफा’ को सहयोगमा एक हजार वटाभन्दा धेरै विद्यालयलाई निःशुल्क रूपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका हुन । त्यस अवसरमा उनले देशको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गरे ।

एन्फाले यो कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठूलो भूमिका खेल्ने जनाएको छ । फिफाले यस कार्यक्रम अन्तर्गत एन्फासँगको सहकार्यमा ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६ सय ४० वटा बल उपलब्ध गराउनेछ ।

कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु