गृहपृष्ठ आईएमई लाइफ इन्स्योरेन्सको “विजनेश एक्सिलेन्ट अवार्ड नाइट २०२५” सम्पन्न
आईएमई लाइफ इन्स्योरेन्सको “विजनेश एक्सिलेन्ट अवार्ड नाइट २०२५” सम्पन्न
आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान गर्ने उद्देश्यले “Business Excellence Award Night 2025 (BEAN-2025)” सम्पन्न गरेको छ।
पोखरास्थित पोखरा ग्राण्ड होटलमा आयोजित उक्त कार्यक्रम कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू र अन्य कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तरताको उच्च मूल्यांकन गर्दै सफल अभिकर्ताहरूलाई सम्मान गरिएको हो। सम्मानस्वरूप नेपालमै निर्मित स्वदेशी “आँखिझ्याल” शैलीको विशेष अवार्ड प्रदान गरिएको थियो, जसले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ।
प्रकाशित समय : १७:५९ बजे



















