गृहपृष्ठ धितोपत्र बोर्डबाट ३ म्युचुअल फन्डले पाए थप इकाइ निष्कासन गर्ने अनुमति

धितोपत्र बोर्डबाट ३ म्युचुअल फन्डले पाए थप इकाइ निष्कासन गर्ने अनुमति

धितोपत्र बोर्डबाट ३ म्युचुअल फन्डले पाए थप इकाइ निष्कासन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३ वटा खुलामुखी योजनाका म्युचुअल फन्डलाई थप इकाइ निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले एनएमबि सरल बचत फन्ड–ई, सिटिजन्स सदाबहादर योजना र नबिल फ्लेक्सी क्याप फन्डलाई थप इकाइ निष्कासन गर्न अनुमति दिएको हो।

कोष प्रवर्द्धक एनएमबि क्यापिटल रहेको एनएमबि सरल बचत फन्ड–ईको १० रुपैयाँ अंकित दरका थप २ करोड इकाइ जारी गर्न अनुमति पाएको छ।

यसै गरी, सिटिजन्स क्यापिटल कोष प्रवर्द्धक रहेको सिटिजन्स सदाबहादर योजनाको १० रुपैयाँ अंकित दरका थप १ करोड २५ लाख इकाइ र नबिल इन्भेस्टमेन्ट बैंकिङ कोष प्रवर्द्धक रहेको नबिल फ्लेक्सी क्याप फन्डको १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाइ जारी गर्न बोर्डले अनुमति दिएको हो।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु