global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ यात्रुबाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

यात्रुबाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

यात्रुबाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापाको दमकमा बसले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

भद्रपुर । झापाको दमक–४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए । दुर्घटनामा परेको बस र मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु