global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत

बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत

बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्दै समृद्ध समाज निर्माण गर्ने रहेको बताएका छन्।

जननायक बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आज काठमाडौंमा आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणको अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा प्रवक्ता डा महतले नागरिकलाई अधिकार सम्पन्न र आर्थिक रूपमा सम्पन्न बनाएर मात्रै राष्ट्रियता बलियो बनाउन सकिन्छ भन्ने बिपी कोइरालाको धारणा रहेको उल्लेख गरे।

‘बिपीले नेपालमा प्रजातन्त्र आउनुपर्छ भन्ने मात्रै नभइ राष्ट्रियतालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सोच राख्नुभएको थियो, उहाँले सोच्नुभएको प्रजातान्त्रिक समाजवादी विचार र आर्थिक दृष्टिकोण तत्कालीन अवस्थाका लागि मात्रै थिएन, त्यसबेला खेतीपातीमा अधिकांश किसान आत्मनिर्भर थिए, त्यसैले आमनागरिकलाई उत्पादनको जिम्मा दिने उहाँको नीति थियो’, उनले भने।

प्रवक्ता महतले बिपी कोइरालाको आर्थिक नीतिका कारण २०४६ सालपछि दुई प्रतिशतमा रहेको आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि पुगेको जनाउँदै ३० वर्ष देश पञ्चायतको कब्जामा हुँदा भने बिपी कोइरालाको दृष्टिकोण र आर्थिक नीति लागू हुन नसकेन उल्लेख गरे।

‘कम्युनिष्टले राज्य नियन्त्रित अर्थव्यवस्थालाई अगाडि सार्छन्, यो असफल अर्थव्यवस्था हो, चीन र रसियामा यो व्यवस्था असफल भएको छ, अमेरिका जस्तो देशले अवलम्बन गरेको पुँजीवादी व्यवस्था पनि पर्याप्त नभएकाले नागरिकलाई समानता हुन सक्दैन, विभिन्न खाले असमानता चिर्न राज्यले लागानी गर्नुपर्छ भनेर लोतान्त्रिक समाजवादको उदय भयो,’ उनले भने।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु