global ime bank Long Banner Ad

गृहपृष्ठ भूकम्पबाट भत्किएका सरकारी संरचना निर्माणको काम तीव्र

भूकम्पबाट भत्किएका सरकारी संरचना निर्माणको काम तीव्र

भूकम्पबाट भत्किएका सरकारी संरचना निर्माणको काम तीव्र

जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेर भत्किएका सरकारी संरचना निर्माण कार्य सुरु भएको छ । आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) जाजरकोटले जिल्लाका ३३ सरकारी कार्यालय निर्माण गर्न लागेको छ ।

कार्यालय प्रमुख खडगबहादुर चौधरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २३ भवनको ठेक्का लागेकोमा १७ भवनको काम सुरु भएको थियो । उक्त आवमा नौ कार्यालयको काम सुरु गर्न लागिएको उनले जानकारी दिए । अघिल्लो आवमा अधिकांश काम सुरु गर्ने भनिए पनि केही योजना संशोधन गर्नुपर्ने भएकाले ढिला भएको उनले बताए।

प्रमुख चौधरीले भने, “चालु आवमा बाँकी नौ वटाको काम सुरु हुने छ । साउनभित्र प्राविधिक कुरा मिलाउँछौँ । थोरै जनशक्तिले पनि काम जारी राखेका छौँ ।”

चालु आवमा जिल्ला अदालत, जाजरकोट दरबारलगायतको निर्माण कार्य अघि बढाइने उनले बताए । प्रदेशस्तरका कार्यालयसमेत भत्किएकाले यसबारे प्रदेश सरकारसँग छलफल भइरहेको प्रमुख चौधरीले बताए । यस कार्यालयले जाजरकोट, रुकुम पश्चिम र सल्यानस्थित सरकारी कार्यालय निर्माण गर्ने जिम्मेवारी पाएको छ । भूकम्पले भत्किएका भौतिक संरचनाका कारण सेवा दिन समस्या भइरहेको समयमा आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)जाजरकोटले कामलाई तीव्रता दिएको छ ।

प्रदेशले निर्माण गरेका संरचनामा ८० प्रतिशत प्रगती

प्रदेश सरकारले स्वास्थ्य संस्था र सरकारी विद्यालय निर्माणको काम थालेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तीन जिल्लाका स्वास्थ्य संस्था र विद्यालय निर्माण कार्य अगाडी बढाएको थियो ।

पूर्वाधार विकास कार्यालय मार्फत सरकारी स्वास्थ्य संस्था र विद्यालय निर्माणको काम सुरु भएको हो । आर्थिक वर्ष २०८१/८२ देखि नै विद्यालय र स्वास्थ्य संस्था निर्माणको काम थालिएको कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए ।

जाजरकोटको बारेकोटमा पाँच विद्यालय, नलगाडमा चार, भेरीमा तीन, छेडागाडमा तीन, कुशेमा पाँच, शिवालयमा पाँच र जुनिचाँदेमा पाँच विद्यालयको निर्माण कार्य जारी छ ।

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु